पीसीआर जाँच शुल्क दुई हजार मात्र

विराटनगर, २८ भदौ । सरकारले कोरोना जाँच शूल्क घटाएको छ । सरकारले मुल्य घटाएसँगै अब पीसीआर जाँचकाे शुल्क दुई हजार लाग्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बजारमा रिएजेन्टकाे मुल्य घटेका कारण निजी र सरकारी प्रयोगशालामा दुई हजारमा पीसीआर जाँच हुने बताए ।

सरकारले सुरुमा पीसीआर जाँचको मुल्य ५५०० तोकेको थियो । दोस्रो पटक घटाएर ४ हजार रुपैयाँ बनाएको थियो ।

Loading...