युभेन्टसको फराकिलो जित

एजेन्सी, २८ भदौ । प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा इटालियन क्लब युभेन्टसले फराकिलो जित निकालेको छ । आइतबार भएको खेलमा युभेन्टसले नोभारामाथि ५–० गोलको फराकिलो जित निकालेको हो ।

युभेन्टसको ट्रेनिङ मैदानमा भएको खेलमा मानोलो पोर्टानोभाले दुई गोल गरे भने क्रिस्टियानो रोनाल्डो, आरोन राम्से, मार्को पियाकाले समान एक–एक गोल गरे ।

युभेन्टसले रोनाल्डोको गोलमा सुरुआती अग्रता बनाएको थियो । खेलको २०औं मिनेटमा उनले गोल गर्दै युभेन्टसलाई पहिलो हाफभरि १–० गोलको अग्रता दिलाएका थिए ।

५६औं मिनेटमा राम्सेले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । ६६औं मिनेटमा पियाकाले गोल गरेपछि युभेन्टसले ३–० गोलको अग्रता बनाएको थियो ।

खेलको इन्जुरी समयमा पोर्टानोभाले दुई गोल गर्दै युभेन्टसलाई ५–० गोलको जित दिलाए ।

यो खेल युभेन्टसले सिरी ‘ए’को तयारीका रूपमा खेलेकाे हाे । डिफेन्डिङ च्याम्पियन युभेन्टसले २० सेप्टेम्बरमा साम्पोडोरियासँग खेल्दै सिरी ‘ए’ थाल्दैछ ।

Loading...