कोरोना संक्रमितको फोक्सो र मुटुको समस्या आउँछ : अध्ययन

एजेन्सी, २८ भदाै । कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ ।

यूरोपेली श्वासप्रश्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा अध्ययनकर्ताहरूले कोरोनाका कारण फोक्सो र मुटुमा सिर्जना भएको समस्या समाधान हुने तर समय भने लाग्ने पनि निष्कर्ष निकालेका हुन् ।

उनीहरूले कोरोनाका कारण समस्या सिर्जजना भएका धेरै फोक्सो र मुटुका समस्या समाधान हुने अध्ययनबाट पुष्टि गरेका छन् ।

यस अध्ययनमा कोरोना भाइरसबाट अति प्रभावित अष्ट्रियाको टिरोलन क्षेत्रका पीडितहरूलाई समेटिएको थियो ।

अध्ययनमा सहभागीहरू अस्पताल भर्ना भएका १५० जना बिरामी नै थिए । उनीहरू २९ अप्रिल ९ जुनसम्म अस्पताल बसेका बिरामी हुन् । सुरुमा ८६ बिरामीमा सर्वेक्षण गरिएको थियो ।

अस्पतालबाट डिस्चार्ज भएपछि छ हप्ता, १२ हप्ता र २४ हप्तासम्म पनि उनीहरूमाथि अध्ययन गरिएको थियो ।

उनीहरूको अध्ययन गर्नेक्रममा चिकित्सकीय परीक्षण र प्रयोगशालाको परीक्षणको रिपोर्टहरूलाई विश्लेषण गरिएको थियो ।

त्यसैगरी रगतमा अक्सिजन र कार्बनडाइअक्साइड, फोक्सोको कामको अवस्थाको परीक्षण, सिटीस्क्यान र इकोकार्डियोग्रामको समेत विवरणहरूलाई हेरिएको थियो ।

यी सबै विवरणहरूका आधारमा पहिलो पटकको नतिजा हेर्दा झण्डै ८८ प्रतिशत बिरामीमा फोक्सोको समस्या देखिएको थियो ।

त्यसैगरी डिस्चार्ज भएको १२ औँ हप्तामा दोस्रो पटकको परीक्षण विवरण हेर्दा ५६ प्रतिशतमा मात्रै त्यस्तो समस्या देखिएको अध्ययनकर्ताहरूले बताएका छन् ।

यसरी जति पछि हुँदै गयो, त्यति धेरै बिरामीका मुटु र फोक्सोको समस्यामा कमी हुँदै गएको देखिएको अध्ययनकर्ताहरूको भनाइ छ ।

Loading...