Rumpum

Rumpum Advertisement

पीएसजी र मार्सेली भिड्दै, नेयमार र डी मारिया मैदान फर्किने

पीएसजी र मार्सेली भिड्दै, नेयमार र डी मारिया मैदान फर्किने

एजेन्सी, २८ भदौ । फ्रेन्च लिग वानमा आज डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले दोस्रो खेल खेल्दैछ । नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुने खेलमा पीएसजीले मार्सेलीसँग प्रतिस्पर्धा गर्दैछ ।

पीएसजीको मैदानमा हुने यस खेलमा दुवै टोली एक–अर्कालाई हराउने दाउमा छन् । पीएसजी पहिलो जितको खोजीमा छ भने मार्सेली दोस्रो जितको खोजीमा छ ।

यसअघि पहिलो खेलमा स्टार खेलाडीविहीन पीएसजी लेन्ससँग स्तब्ध भएको थियो । यता, मार्सेलीले भने ३–२ गोलको जित निकालेको थियो ।

आजको खेलबाट पीएसजीका स्टारद्वय नेयमार र एन्जल डी मारिया मैदान फर्किदैछन् । यसअघि दुवै खेलाडीले कोरोना संक्रमणका कारण पहिलो खेल गुमाएका थिए ।

तर, आजको खेलबाट भने दुवै खेलाडी मैदानमा उत्रिने पीएसजीका प्रशिक्षक थोमस टुचेलले बताएका छन् । अर्का स्टार किलियन एम्बाप्पे भने आइसोलेशनमै छन् ।

नेयमार, डी मारिया र एम्बाप्पेसहित पीएसजीका सात खेलाडीमा कोरोना पुष्टि भएको थियो । जसमा, नेयमार र डी मारिया संक्रमणमुक्त भएका छन् ।