Rumpum Advertisement

कोरोनाबाट मृत्यु हुनेको संख्या ३४५ पुग्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या ३४५ पुग्यो

विराटनगर, २८ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ ।

आइतबार थप नौ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टायता थप १ हजार ३९ जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ । कूल संक्रमितमध्ये ७१.५ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जनाएका छन् । आज थप ११ सय ७३ जना कोरोना मुक्त भएका छन् ।