आज १ हजार ३९ नयाँ संक्रमित थपिए

विराटनगर, २८ भदौ । नेपालमा पछिल्लो २४ घण्टायता थप १ हजार ३९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न ३९ प्रयोगशालामा गरिएको ९ हजार १६५ जनाको परीक्षणमा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

यससँगै संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ । कूल संक्रमितमध्ये ७१.५ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जनाएका छन् । आज थप ११ सय ७३ जना कोरोना मुक्त भएका छन् ।

आज थप नाै जनाकाे मृत्यु भएसँगै कोरोनाबाट मृत्य हुनेकाे संख्या ३४५ पुगेकाे छ ।

Loading...