थप ११ सय ७३ जना कोरोना संक्रमणमुक्त

विराटनगर, २८ भदौ । नेपालमा आइतबार थप ११ सय ७३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ११ सय ७३ जना कोरोना संक्रमणबाट निको हुँदै घर फर्किएको जानकारी दिएको छ ।

यससँगै कोरोनामुक्त हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ । कूल संक्रमितमध्ये ७१.५ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जनाएका छन् ।

पछिल्लो २४ घण्टायता थप १ हजार ३९ जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ ।

आज थप नाै जनाकाे मृत्यु भएसँगै कोरोनाबाट मृत्य हुनेकाे संख्या ३४५ पुगेकाे छ ।

Loading...