Rumpum

Rumpum Advertisement

प्रिमियर लिगमा सालाहको नयाँ कीर्तिमान

प्रिमियर लिगमा सालाहको नयाँ कीर्तिमान

एजेन्सी, २८ भदौ । इंग्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन लिभरपुलका स्ट्राइकर मोहम्मद सालाहले नयाँ कीर्तिमान बनाएका छन् ।

सिजनको पहिलो खेलमा ह्याट्रिक गरेका इजिप्टियन स्टार सालाहले लिभरपुललाई लगातार ३५औं जित दिलाउँदै नयाँ कीर्तिमान बनाएका हुन् ।

शनिबार राति सिजनको पहिलो खेल खेलेको लिभरपुलले नवप्रवेशी क्लब लिड्स युनाइटेडमाथि ४–३ गोलको जित निकालेको हो ।

लिभरपुलको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन मोहम्मद सालाहले ह्याट्रिक गरे भने भर्जिल भान डाइकले एक गोल गरे ।

ह्याट्रिकसँगै लिभरपुलले प्रिमियर लिगमा लगातार ३५औं खेल जित्दा सालाहले आफूले खेलेका सबै खेलमा गोल गरे । यसअघि म्यानेचस्टर युनाइटेडका पूर्वस्टार वायनले रुनीले यस्तो कीर्तिमान बनाएका थिए ।

यसअघि सेप्टेम्बर २००८ देखि फेब्रुअरी ११ सम्म युनाइटेडले प्रिमियर लिगमा लगातार ३४औं खेल जित्दा रुनीले आफूले खेलेका सबै खेलमा गोल गरेका थिए ।