Rumpum

Rumpum Advertisement

विराटनगर महानगरपालिकाको सेवा पाँच दिन बन्द

विराटनगर महानगरपालिकाको सेवा पाँच दिन बन्द

विरानगर, २८ भदौ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएपछि पाँच दिनका लागि महानगरपालिकाकाे सेवा बन्द गरिएको छ ।

सोमबारबाट लागू हुने गरी महानगरपालिका र मातहतका कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेककाे सेवा बन्द गरिएको हो ।

आइतबार बिहान प्रमुख प्रशासकीय अधिकृत पाेखरेललाई कोरोना संक्रमण पुष्टि भएको थियो । पोखरेलको कन्ट्याक ट्रेसिङमा महानगरका अन्य कर्मचारी पनि परेपछि विराटनगरको सेवा पाँच दिन बन्द गर्ने निर्णय भएको मेयर भीम पराजुलीले जानकारी दिए ।

२९ भदौबाट बन्द हुने सेवा २ असाेजसम्म रहनेछ । सो अवधिमा स्वास्थ्य, सरसफाई, वरुणयन्त्रसहित अत्यावश्यक सेवा भने सञ्चालन हुने छ ।

समुदायमा संक्रमण देखिएको विराटनगरमा यसअघि विराटनगर-२ का अध्यक्ष कुमार पोखरेल र विराटनगर–५ का अध्यक्ष मीनकुमार आचार्यलाई पनि पोजेटिभ देखिएको थियो ।

विराटनगरमा एक हजार चारभन्दा सय बढी कोरोना संक्रमित छन् । संक्रमितमध्ये १७ जनाको मृत्यु भइसकेको छ, ३५० जना संक्रमणमुक्त भएका छन् ।