Rumpum

Rumpum Advertisement

‘हाउसफुल’ निर्देशक खानमाथि फेरि यौन शोषणको आरोप

‘हाउसफुल’ निर्देशक खानमाथि फेरि यौन शोषणको आरोप

विराटनगर, २८ भदौ । मोडल डिम्पल पाल (पाउला)ले बलिउडका चर्चित निर्देशक साजिद खानमाथि यौन उत्पिडनको आरोप लगाएकी छिन् ।

उनले इन्स्टाग्राममार्फत् यो कुराको खुलासा गरेकी हुन् । दुई वर्षअगाडि ‘मिटू’ अभियानको समयमा आफूले सत्य बोल्न नसकेको भन्दै डिम्पलले करिब १० वर्षपछि आफ्नो मुख खोलेकी छिन् । उनले परिवार पाल्नका लागि आफैंले काम गर्नुपर्ने भएकाले त्यो बेला भएको घटनाको विषयमा बोल्ने हिम्मत नआएको उनको भनाइ छ ।

अब पाल्नका लागि परिवार नै साथमा नभएका कारण साजिद खानले आफूलाई १७ वर्षको उमेरमा ह्यारेस गरेको उनले लेखेकी छिन् । फिल्म ‘हाउसफुल’ मा एक रोल दिने सर्तमा साजिदले नराम्रो शब्द बोल्दै छुन खोजेको तथा कपडा फुकाल्न लगाएको उनको आरोप छ ।

सन् २०१८ मा विश्वभर चलेको ‘मिटू’ अभियानमा निर्देशक खानमाथि चारजना मोडलले यौन उत्पिडनको आरोप लगाएका थिए ।