Rumpum

Rumpum Advertisement

विराटनगरमा ३८सहित प्रदेशमा थपिए ४६ संक्रमित

विराटनगरमा ३८सहित प्रदेशमा थपिए ४६ संक्रमित

विराटनगर, २८ भदौ । विराटनगरमा थप ३८ सहित प्रदेश १ मा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार विराटनगरमा ३८ सहित मोरङमा मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १–१ र प्रदेश १ बाहिरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ७४२ पुगेको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार बिराटनगरमा १८ महिला र २० जनाको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको धनपालथानमा २ पुरुष, कटहरीमा १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

खोटाङको साकेला गाउँपालिकामा १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष, झापाको शिवसताक्षीमा १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ७ जना डिस्चार्ज भएका छन् । उनीहरु सवै मेची अस्पताल झापाबाट डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६३ पुगेको छ ।

प्रदेश १ मा आज ५ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र २६ पुरुष रहेका रहेका छन् ।