हेल्थ प्रोफेसनको सचेतना कार्यक्रम

विराटनगर, २८ भदौ । लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनले कोरोना सचेतना कार्यक्रम सञ्चालन गरको छ । आइतबार अनलाइनमार्फत् ‘अस्पताल जानु कतिको जोखिम’ विषयमा सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

क्लबका सदस्य सिर्जत दहालले सञ्चालन गरेको कार्यक्रममा बालरोग विशेषज्ञ डा. प्रविणकुमार झा र दन्तरोग विशेषज्ञ डा. लक्ष्मीप्रसाद चापागाईंले सहजीकरण गरेका थिए ।

५० जनाभन्दा बढी सहभागी रहेका सो कार्यक्रममा सेभ द चिल्ड्रेन विराटनगरका हरिवोल बजगाई, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत, लायन्स अन्तर्राष्ट्रिय ३२५ ए १ का पूर्व गभर्नर तथा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, लायन्स अन्तर्राष्ट्रिय ३२५ ए १ का पूर्व गभर्नर लिला ढुङ्गेलको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको क्लबका पूर्व अध्यक्ष डा. बालकृष्ण साहले बताए ।

कार्यक्रममा सहजकर्ताले कोरोना महामारीकाबीच अस्पताल जानु कति जोखिम हुन्छ, अस्पताल जाँदा ध्यान दिनुपर्ने विषयमा जानकारी गराएका थिए ।

सहजकर्ताले बालबालिकामा कोरोना संक्रमणबाट कसरी जोगाउने, दन्त उपचार कति जोखिमपूर्ण छ जस्ता विषयमा जानकारी गराएका थिए ।

Loading...