प्रदेश प्रमुखलाई लोकसेवा आयोगको प्रतिवेदन बुझाइयो

विराटनगर, २८ भदौ । लोकसेवा आयोग प्रदेश नं. १ ले आज प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई प्रथम वार्षिक प्रतिवेदन २०७६/२०७७ बुझाएको छ । कर्मचारीलाई प्रतिवेदनको पुस्तिका पठाई सञ्चारमाध्यमद्वारा प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले सो विषयमा प्रमुख प्यासीलाई जानकारी गराएका छन् ।

प्रथम वार्षिक प्रतिवेदनको परिच्छेद १० मा पृष्ठ ३३ देखि ४१ सम्म ध्यानाकर्षण र सुझाव मात्र रहेको छ । यसलाई मात्र अध्ययन तथा मूल्याङ्कन गर्दा पनि प्रदेश लोकसेवा आयोगलाई काम गर्न सहज नरहेको देख्न सकिन्छ ।

यस विषम परिस्थितिमा पनि प्रदेश लोकसेवा आयोगले प्रथम वार्षिक प्रतिवेदन प्रकाशन गर्न सफल भएकोमा अध्यक्षलगायत सम्पूर्ण टिमलाई प्रदेश प्रमुखले धन्यवाद दिएका छन् भने प्रदेश लोकसेवा आयोगले गराएको ध्यानाकर्षण र सुझावहरुलाई सम्बन्धित निकायले समयमै विचार पुर्‍याए राम्रो धारणा व्यक्त गरेका छन् ।

Loading...