प्रिमियर लिग : टोटनह्याम र इभर्टन भिड्दै, अन्य एक खेल हुँदै

एजेन्सी, २८ भदौ । इंग्लिस प्रिमियर लिगमा आज दुई खेल हुँदैछन् । नयाँ सिजनको पहिलो चरणमा आज ४ टोलीले प्रतिस्पर्धा गर्र्दैछन् ।

आज टोटनह्याम हटस्पर र इभर्टनले खेल्दैछन् । यो खेल नेपाली समयानुसार राति ९ः४५ बजेबाट टोटनह्यामको मैदानमा हुनेछ ।

दुवै टोली सुखद सुरुआत गर्ने लक्ष्यमा हुनेछन् । आजको खेलमा इभर्टनले हालै अनुबन्ध भएका जेम्स रोड्रिग्वेजलाई मैदान उतार्ने सम्भावना छ । उनी हालै मात्र रियल मड्रिडबाट कार्लो एन्सेलोट्टीको टोली इभर्टन गएका हुन् ।

यता, टोटनह्याम भने ह्यारी केनको कप्तानीमा मैदानमा उत्रिने छ । त्यसबाहेक आज वेस्ट ब्रोम र लेइस्टर सिटी पनि प्रतिस्पर्धामा छन् । यो खेल साँझ ६ः४५ बजे वेस्ट ब्रोमको मैदानमा हुनेछ ।

Loading...