Rumpum

Rumpum Advertisement

विराटनगरका प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण

विराटनगरका प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण

विराटनगर, २८ भदौ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बिहान पोखरेललाई संक्रमण पुष्टि भएको हो ।

शनिबार स्वाब संकलन गरेका पोखरेललको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृतलाई संक्रमण पुष्टि भएपछि महानगरका अधिकांश कर्मचारी होम आइसोलेसनमा बसेका छन् । सोमबारबाट पाँच दिन कार्यालयको अत्यावश्यकबाहेक सेवा बन्द गर्ने तयारी भएको मेयर भीम पराजुलीले जानकारी दिए ।

समुदायमा संक्रमण देखिएको विराटनगरमा यसअघि विराटनगर–२ का अध्यक्ष कुमार पोखरेल र विराटनगर–५ का अध्यक्ष मीनकुमार आचार्यलाई पनि पोजेटिभ देखिएको थियो ।

विराटनगरमा एक हजार तीन सय ६४ जनालाई संक्रमण पुष्टि भइसकेको छ । संक्रमण पुष्टि भएकामध्ये १७ जनाको मृत्यु भएको छ । ३५० जना संक्रमणमुक्त भएका छन् ।