Rumpum

Rumpum Advertisement

पीएसजी छोड्ने मनसायमा एम्बाप्पे

पीएसजी छोड्ने मनसायमा एम्बाप्पे

एजेन्सी, २८ भदौ । फ्रान्सेली स्टार किलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) छोड्ने मनसाय व्यक्त गरेका छन् ।

ब्रिटिश मिडिया ‘द टाइम्स’का अनुसार विश्वकप विजेता स्ट्राइकर एम्बाप्पेले पीएसजीलाई क्लब छोड्ने कुरा व्यक्त गरिसकेका छन् ।

पछिल्लो समय प्रिमियर लिग क्लबसँग जोडिएका २१ वर्षीय एम्बाप्पेले पीएसजीलाई आफूले क्लब छोड्न चाहेको बताएको खबरमा जनाइएको छ । खबरका अनुसार यसै सिजनको अन्त्यमा उनले फ्रान्सको राजधानी पेरिस छोड्न चाहेका छन् ।

एम्बाप्पे इंग्लिस क्लबद्वय लिभरपुल वा म्यानचेस्टर युनाइटेडमध्ये एक क्लब जान चाहेको बताइएको छ ।

एम्बाप्पे र पीएसजीबीचको सम्झौता जुन २०२२ मा सकिँदैछ । उनी सन् २०१८ मा मोनाकोबाट १६५ मिलियन युरोमा पीएसजी सरुवा भएका थिए ।

दोस्रो महँगो खेलाडीका रूपमा पीएसजीले उनलाई भित्र्याएको थियो । उनले पीएसजीबाट १०२ खेल खेल्दा ७७ गोल गरेका छन् ।

हाल उनी कोरोना संक्रमित भइ होम आइसाेलेशनमा रहेका छन् । केही दिनअघि मात्र एम्बाप्पेमा कोरोना संक्रमण पुष्टि भएको थियो ।