जौको सेवनले हृदय रोगको जोखिम घटाउँछ

विराटनगर, २८ भदौ । सजिलै पचाउन सकिने कारण जौलाई धेरैजसो मानिसले तौल घटाउनका लागि सेवन गर्छन् ।

तर, प्रशस्त मात्रामा फाइबर पाइने तथा कम क्यालरी हुने जौले तौल घटाउने मात्र नभएर शरीरमा धेरै फाइदा गर्छन् । स्कटल्याण्डको एबर्डेन विश्वविद्यालयका विज्ञहरूका अनुसार सबै प्रकारका जौ तथा जौबाट बनेका खाद्य पदार्थहरू फाइदाजनक छन् ।

जौ बिस्तारै पच्ने हुँदा लामो समयको लागि पेट भरेकै महसुस हुन्छ जसकारण शरीरको तौललाई घटाउन सकिन्छ । फाइबर, प्रोटिन, म्यागनेसियम धेरै हुने र सजिलै पच्ने हुँदा जौले कब्जियत तथा अन्य पाचन समस्याहरू हुन दिँदैन । जौ सेवन गर्ने बच्चाहरूमा पछिका वर्षहरूमा दमको खतरा हुने सम्भावना कम रहन्छ ।

ब्रिटिस जर्नल अफ न्यूट्रिसनले डाटमा जौ समावेश गर्नाले उच्च कोलेस्ट्रोललाई घटाउन सकिने कुरा पत्ता लगाएको छ । कोलेस्ट्रोललाई मुटु रोग लाग्नुमा सबैभन्दा ठूलो कारण मानिन्छ । खराब कोलेस्ट्रोल घट्दै जाने कारण जौको सेवनले कोरोनरी हृदयरोग जोखिम ६ देखि १८ प्रतिशतले कम हुने अनुमान गरिएको छ ।

जौमा हुने प्लान्ट लिग्नान्ससँग एन्टी–क्यान्सर गुणहरू हुन्छन्, जसले मेटाबोलिजम बढाउन र ब्याक्टेरियासँग लड्न राम्रो प्रतिरोध क्षमता कायम गर्न मद्दत गर्छ । जौको सेवनले स्तन क्यान्सर, टाइप २ मधुमेह, तथा रक्तचाप जस्ता रोगहरूसँग पनि लड्न मद्दत गर्छ ।

Loading...