गरिमाका लागि पुष्प जे गर्न पनि तयार (भिडियोसहित)

विराटनगर, २८ भदौ । गायक प्रमोद खरेलको ‘तिम्रै लागि हो भने’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

फिल्मी शैलीमा तयार गरिएको गीतको भिडियोलाई प्रमोद खरेलकै आधिकारिक युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । नवराज न्यौपानेको शब्द तथा संगीत रहेको गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल गरिमा शर्माको अभिनय रहेको छ ।

गीतमा एक युवकले आफूले मन पराएकी युवतीका लागि जे पनि गर्न तयार रहेको कुराहरू देखाएको छ । गीतको भिडियोमा पुष्पको एक्सनसमेत देख्न सकिन्छ । युवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोलाई देवेन्द्र पाण्डेले कोरियोग्राफ गरेका हुन् ।

निशाल पौडेलको छायांकन रहेको गीतको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ ।

Loading...