भारतका गृहमन्त्री अस्पताल भर्ना

विराटनगर, २८ भदौ । कोरोना जितेर संक्रमण मुक्त हुँदै घर फर्किएका भारतका गृहमन्त्री स्वास्थ्यमा समस्या देखिएपछि पुनः अस्पताल भर्ना भएका छन् ।

गृहमन्त्री अमित शाह दुई साताअघि कोरोना भाइरसको संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका थिए । पुनः श्वासप्रश्वासमा समस्या देखिएपछि उनी शनिबार राति ११ बजेतिर पुनः दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

५५ वर्षका भाजपा नेता शाहलाई अगस्ट २ मा कोरोना संक्रमण पुष्टि भएको थियो । अगस्ट १४ मा ट्वीट गरेर डाक्टरको सल्लाह अनुसार थप केही दिन होम आइसोलेसनमा बस्ने जानकारी दिएका थिए ।

शाहलाई अगस्ट १८ मा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पताल भर्ना गरिएको थियो । १३ दिनपछि उनी कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका थिए ।

Loading...