Rumpum

Rumpum Advertisement

पहिरो प्रभावित क्षेत्र लागे सभामुख सापकोटा

पहिरो प्रभावित क्षेत्र लागे सभामुख सापकोटा

विराटनगर, २८ भदौ । सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाह्रबिसेको पहिरो प्रभावित क्षेत्रतर्फ लागेका छन् ।

स्थलमार्ग हुँदै उनी बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न गएका हुन् । पहिरोले घुम्थाङको नागपुजे र भीरखर्कमा क्षति पुगेको जानकारी आउनसाथ गाडीमार्फत सापकोटा पहिरो प्रभावित क्षेत्रतर्फ गएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

उनका अनुसार उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी भइरहे पनि प्रतिकूल मौसमले सम्भव भइरहेको छैन । वर्षाका कारण पहिरो जाँदा बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजे, भीरखर्कलगायतका कम्तीमा १६ जना बेपत्ता भएको र एक जनाको शव फेला परेको स्थानीयले बताएका छन् ।