यूएस ओपन टेनिसको उपाधि ओसाकालाई

यूएस ओपन टेनिसको उपाधि ओसाकालाई

एजेन्सी, २८ भदौ । यूएस ओपन टेनिसको उपाधि जापानी खेलाडी नाओमी ओसाकाले जितेकी छन् ।

आइतबार बिहान भएको फाइनल खेलमा बेलारुसियन खेलाडी भिक्टोरिया अजारेन्कालाई हराउँदै ओसाकाले तेस्रो ग्रान्डस्लाम उपाधि जितेकी हुन् ।

नर्थर अशे स्टेडियममा ओसाकाले पहिलो सेट गुमाएपनि लगातार दुई सेटमा जित निकाल्दै उपाधि जितिन् । उनले १–६, ६–३ र ६–३ को सेटमा अजारेन्कामाथि जित निकालेकी हुन् ।

यसअघि ओसाकाले सेमिफाइनलमा जेनिफर ब्राडीलाई हराउँदै फाइनलमा पुगेकी थिइन् । पूर्वविश्व नम्बर १ अजारेन्काले भने फाइनलका लागि सेरेना विलियम्सलाई हराएकी थिइन् ।