Rumpum

Rumpum Advertisement

एथ्लेटिकोका प्रशिक्षक सिमोन कोरोना संक्रमित

एथ्लेटिकोका प्रशिक्षक सिमोन कोरोना संक्रमित

एजेन्सी, २८ भदौ । स्पेनिस क्लब एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बिहान क्लबले प्रशिक्षक सिमोन कोरोना संक्रमित भएको जानकारी दिएको हो ।

शनिबार गरेको पीसीआर परीक्षणमा सिमोनको रिपोर्ट पोजेटिभ आएको एथ्लेटिकोले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएको छ । क्लबले सिमोनको कोरोना रिपोर्ट पोजिटिभ आएको बताउँदै उनी होम आइसोलेशनमा रहेको जनाएको छ ।

शनिबारदेखि एथ्लेटिकोले प्रि–सिजनको तयारीका लागि प्रशिक्षण थालेको थियो । तर संक्रमण भएका कारण सिमोन भने ट्रेनिङमा उपस्थित भएनन् । सिमोन नेतृत्त्वको टोलीले मंगलबार राति कार्डिजसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

एक साताअघि एथ्लेटिकोले डिएगो कोस्टा र सान्टियागो एरियासमा कोरोना पोजिटिभ देखिएको जानकारी दिएको थियो ।