Rumpum Advertisement

दुई पेनाल्टी प्रहार, बार्सिलोनाको जित

दुई पेनाल्टी प्रहार, बार्सिलोनाको जित

एजेन्सी, २८ भदौ । प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा बार्सिलोनाले जिम्नास्टिक डी टारागोनामाथि जित निकालेको छ ।

शनिबार राति भएको सो खेलमा बार्सिलोनाले जिम्नास्टिकमाथि ३–१ गोलको जित दर्ता गरेको हो ।

जोहान क्रुफ स्टेडियममा भएको खेलमा बार्सिलोनालाई जिताउन ओस्मान डेम्बेले, एन्टोइन ग्रिजम्यान र फिलिप्पे कौटिन्होले समान एक–एक गोल गरे । जिम्नास्टिकका लागि जाभी बोनिलाले एक गोल फर्काए ।

बार्सिलोनाले डेम्बेलेको गोलमा सुरुआती अग्रता बनाएको थियो । खेलको छैटौं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।

१७औं मिनेटमा बार्सिलोनाले पेनाल्टीको मौका पाएको थियो, जसमा ग्रिजम्यानले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

३१औं मिनेटमा बोनिलाले गोल गर्दै जिम्नास्टिकलाई खेलमा फर्काउने प्रयत्न गरे । तर, ५१औं मिनेटमा कौटिन्होले पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले ३–१ गोलको जित निकाल्यो ।

यस खेलमा कप्तान लियोनल मेस्सी भने ४६औं मिनेटमा सब्सिच्युड भएका थिए । उनको स्थानमा मार्टिन ब्रेथवेट मैदान प्रवेश गरेका थिए ।

ला लिगाको तयारीका रूपमा बार्सिलोनाले यो खेल खेलेको हो । बार्सिलोनाले २७ सेप्टेम्बरमा भिल्लारियलसँग खेल्दै ला लिगाको सुरुआत गर्नेछ ।

त्यसअघि उसले जिरोनासँग मैत्रीपूर्ण खेल खेल्दैछ । यो खेल बुधबार राति १०ः४५ बजे जोहान क्रुफ स्टेडियममा हुनेछ ।