कोरोनाले गर्भवतीलाई थप पीडा

विराटनगर, २८ भदौ । कोरोना भाइरसको महामारीले काठमाडौंँ उपत्यका लगायत देशभरका गर्भवती महिला प्रभावित भएका छन् ।

कोरोनाले गर्दा धेरै समय बन्दाबन्दी र निषेधाज्ञा हुँदा गर्भवती महिला प्रभावित बन्न पुगेका हुन् । नेपालमा कोरोना सङ्क्रमणबाट पहिलो मृत्यु सुत्केरी महिलाको भएको थियो । सिन्धुपाल्चोक, बाह्रेबिसेकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा जेठ ३ गते मृत्यु भएको थियो ।

अस्पतालमा नियमित गर्भ जाँच गर्न आउने र अस्पतालमा सुत्केरी हुने सङ्ख्या पनि विगतको तुलनामा घटेको छ । कोरोनाका कारण धेरै गर्भवती महिलाले ठूलो कष्ट सहनुपरेको छ । कतिपय गर्भवती महिला समयमा उपचार नपाएर मृत्युको मुखमा समेत पुगेका छन् ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. सङ्गीता मिश्रले कोरोनाले सबैभन्दा बढी दुःख गर्भवती महिलाले पाएको जानकारी दिइन् । उनले नियमित परीक्षणमा आउनलाई समेत गर्भवतीलाई कठिन परेको जानकारी दिँदै धेरै कष्ट झेलेर आएकाहरूको भने सहज रूपमै उपचार भइरहेको बताइन् ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार गत वर्ष चैत ११ गतेदेखि असारसम्म देशभर ८५ जना गर्भवती महिलाको मृत्यु भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...