स्थायी कमिटीले विवाद समाप्त

स्थायी कमिटीले विवाद समाप्त

विराटनगर, २८ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केही समयदेखि जारी आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त भएको छ ।

पार्टीभित्र कार्यविभाजन, महाधिवेशन, एमसीसी, पार्टी समायोजनका बाँकी काम लगायतका विषयमा पार्टीभित्र जारी सबै विवाद यो बैठकसँगै किनारा लागेका छन् । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को १५ बुँदे प्रस्तावले पार्टीभित्र देखिएका सम्पूर्ण समस्या समाधान भएको छ ।

अध्यक्षद्वयको कार्यविभाजन स्पष्ट भएपछि पार्टी तथा सरकार सञ्चालनमा सजिलो भएको र नयाँ ऊर्जा प्राप्त हुने राजनीतिक विश्लेषक श्याम श्रेष्ठको ठम्याइ छ । आजको गोरखापत्र दैनिकमा समाचार छ