विश्वमा सक्रिय संक्रमित ७२ लाख बढी

विराटनगर, २८ भदौ । विश्वमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ७२ लाख बढी छ ।

दुई करोड ८९ लाख २८ हजार दुई सय ९८ संक्रमितमध्ये संक्रिय रहेकाको संख्या ७२ लाख १९ हजार तीन रहेको हो । दुई करोड सात लाख ८५ हजार दुई सय ४४ जना उपचारपछि घर फर्किएका छन् । वाल्डो मिटरका अनुसार उपचाररत सक्रियमध्ये पनि ६० हजार आठ हजार ६२ जना संक्रमितको अवस्था गम्भीर छ ।

एकै दिन विश्वमा दुई लाख ७९ हजार दुई सय ५५ जना नयाँ संक्रमित थपिए । कोरोना संक्रमित नौ लाख २४ हजार ५१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा चार हजार नौ सय ५४ जनाको मृत्यु भयो ।

अमेरिकामा सक्रिय संक्रमितको संख्या २५ लाख ३० हजार सात सय एक रहेको छ । तीमध्ये १४ हजार तीन सय ७५ जनाको अवस्था गम्भीर छ । एकै दिन ३६ हजार नौ सय ९२ जना नयाँ बिरामी थपिएसँगै संक्रमित संख्या ६६ लाख ७४ हजार तीन सय ११ पुगेको छ ।

एक लाख ९८ हजार एक सय १७ जना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा छ सय ९६ जनाले ज्यान गुमाए । ३९ लाख ४५ हजार चार सय ९३ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

भारतमा ४७ लाख ५१ हजार सात सय ८८ जना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या नौ लाख ७३ हजार आठ सय ७८ छ । आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । ३६ लाख ९९ हजार तीन सय छ जना उपचारपछि घर फर्किएका छन् ।

कोरोना संक्रमित ७८ हजार छ सय १४ जनाको मृत्यु भइसक्यो । पछिल्लो २४ घण्टामा एक हजार एक सय आठ जनाले ज्यान गुमाए । भारतमा एकै दिन ९४ हजार चार सय नौ जना नयाँ संक्रमित थपिएका छन् ।

ब्राजिलमा छ लाख ३१ हजार एक सय ६३ सक्रिय संक्रमितमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । एक दिनमा ३१ हजार आठ सय ८० नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ४३ लाख १५ हजार आठ सय ८५ पुगेको छ ।

ब्राजिलमा मृत्यु हुने संक्रमितको संख्या एक लाख ३१ हजार दुई सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा आठ सय जनाको ज्यान गयो । जम्मा संक्रमितमध्ये ३५ लाख ५३ हजार चार सय २१ जना उपचारपछि घर फर्किएका छन् ।

Loading...