सीपीएल पछि आईपीएल खेल्न युएई जादै सन्दीप लामिछाने

विराटनगर, २७ भदौ । क्यारेबियन प्रिमियर लिग पछि चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लागेका छन् । ट्रिनडाड एण्ड टोबागोबाट उनी सिधै युएई तर्फ लागेका हुन ।

सन्दीप लामिछानेका ब्यवस्थापक रमन सिवाकोटीका अनुसार आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन् । कोरोना महामारीका कारण आईपीएल भारतमा नभई युएईमा हुँदै छ ।

सन्दीपले लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न लागेका हुन । आईपीएल आगामी असोज ३ गतेदेखि सुरु हुँदै छ ।

सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्जावसित हुनेछ ।

सन्दीप सिपिएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो गएका थिए

नियमित उडान बन्द भएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका थिए ।

सन्दीपको किफायती बलिङको मद्दतमा जमैका सेमिफाइनलसम्म पुगेको थियो । सीपीएलमा सन्दीपले ११ खेलमा १२ विकेट लिएका थिए । सीपीएलमा सर्वाधिक विकेट लिनेको सूचीमा छैटौँ स्थानमा छन् ।

Loading...