कोरोना संक्रमितको संख्या ५३ हजार नाघ्यो

विराटनगर, २७ भदौ । नेपालमा थप १ हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका संक्रमित मध्ये ३७ हजार ५२४ जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ८५२ जना डिस्चार्ज भएका छन् ।

Loading...