गजल

गजल

कृष्णप्रसाद अर्याल

पुगिसकेछ अर्कै घाउमा सियो फेरि ।
हाय ! धागो कपडामै अल्झियो फेरि ।

धोका दिन्छु भनेको थियो दिएन,
ऊ पनि धोकेवाज निस्कियो फेरि ।

भनेकै त हुँ श्रृंगार गरेर नआऊ,
मेरो नियत खराब भैदियो फेरि ।

यहाँ प्रेमिका त दोहोरिरहन्छन्,
ऊ भन्छ काफिया दोहोरियो फेरि ।

यति जोडले अँगालोमा कस्नु भो,
लाग्यो छातिको तस्बिर खुम्चियो फेरि ।