‘पर्ख तिमीलाई’ भन्दै वर्षाको पछि लागे पल शाह

काठमाडौँ, २७ भदौ । गुडी जाने रेल, आमा तिमी कहाँ छौ, गुराँस फुल्यो वनैमालगायतका चर्चित गीतका गायक किशोर शिवाकोटीको नयाँ गीत ‘पर्ख तिमीलाई’को भिडियो सार्वजनिक भएको छ । सत्य स्वरुप आचार्यको संगीत र एकनारायण भण्डारी शब्द रचना रहेको गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा शिवाकोटीले अभियन गरेका छन् ।

गायक शिवाकोटी अमेरिकामा रहँदै आएका एक कुशल गायक हुन् । गायक शिवाकोटी अमेरिकामा रहेर पनि नेपाली संगीत क्षेत्रमा सक्रिय रहँदै आएका छन् । पर्ख तिमीलाईमा कोरियोग्राफी सुबोल थापाको रहेको छ भने बुद्ध थापाको छायांकन रहेको छ भने सम्पादन विकास धमलाले गरेका हुन् । निकेश खड्काको निर्देशन रहेको गीत किशोरको त्रिब्युट एल्बममा समावेश छ ।

Loading...