कोरोनाबाट ८५ वर्षीय वृद्धको मृत्यु

पोखरा, २७ भदौ । पोखरामा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

यही भदौ २४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड-१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जा पुतलीबजार नगरपालिका-१ का ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए ।

सो अस्पतालमा हालसम्म उपचारका क्रममा १० जना संक्रमितको मृत्यु भएको जनाइएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । प्रदेशमा दुई हजार ८२० संक्रमित भएकामा एक हजार ८४९ निको भएका छन् ।

Loading...