पहिरोले गोठ बगाउँदा दुई बालकको मृत्यु

विराटनगर, २७ भदौ । रोल्पामा पहिरोले गोठ बगाउँदा सुतिरहेका दुई बालकको मृत्यु भएको छ ।

लुङ्गी गाउँपालिका वडा नम्बर १ ऐते गाउँमा पहिरोले गोठ बगाउँदा सुतिरहेका बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनालाई पहिरोले गोठसहित बगाएको रोल्पा प्रहरीका डीएसपी नरेश सुवेदीले जानकारी दिए ।

ज्ञानसिङ्ग घर्तिको गोठ माथिबाट आएको पहिरोले बगाउँदा उनका छोरा ११ वर्षीय युवराज र ८ वर्षीय घर्तिको मृत्यु भएको सुवेदीको भनाइ छ । उनका अनुसार तिलाचौर र सुलिचौरबाट गएको प्रहरी टोलीले दुई बालकको शव निकालेको हो ।

बालकहरुसँग सुतेका अन्य दुई जनाको सकुशल उद्धार गरिएको उनले जानकारी दिए ।

Loading...