पोखरामा स्याङ्जाका संक्रमितको मृत्यु

विराटनगर, २७ भदौ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा एक जना कोरोना संक्रमित वृद्ध पुरुषको मृत्यु भएको छ ।

८५ वर्षीय उनी स्याङ्जाका हुन् । स्याङ्जा पुतलीवजार नगरपालिका १ का वृद्धको आर्ईसीयूमा राखेर उपचार भइरहेको थियो । वृद्धको शनिबार बिहान ६ः३२ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

भदौ २४ गते वृद्धमा संक्रमण पुष्टि भएको थियो । उनी पोखरामा मृत्यु हुने दशौं संक्रमित हुन् ।

Loading...