नेयमार कोरोना संक्रमणमुक्त

एजेन्सी, २७ भदौ । ब्राजिलियन फरवार्ड नेयमार कोरोना संक्रमणमुक्त भएका छन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमारले शुक्रबार सामाजिक सञ्जालमार्फत आफू कोरोनामुक्त भएको जानकारी दिएका छन् ।

ट्वीटरमा उनले कोरोनामुक्त भएको बताउँदै चाँडै नै टिमको प्रशिक्षणमा फर्किएको समेत बताए । एक साताअघि नेयमार, एन्जल डी मारिया, र लियोनार्डो पेरेडेसलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेयमारसहित पीएसजीका सात खेलाडीमा कोरोना पुष्टि भएको थियो । पछिल्लो पटक किलियन एमबाप्पे पनि संक्रमित बनेका थिए ।

Loading...