Rumpum

Rumpum Advertisement

मोरङमा लागुऔषधसहित चार जना पक्राउ

मोरङमा लागुऔषधसहित चार जना पक्राउ

विराटनगर, २७ भदौ । प्रहरीले मोरङका दुई अलगअलग स्थानबाट लागुऔषधसहित चार जनालाई शुक्रबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एक जना भारतीय नागरिक छन् । इलाका प्रहरी कार्यालय केराबारीको गस्तीमा रहेको टोलीले लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

केराबारी गाउँपालिका–१० गैरीगाउँबाट सुनसरीको धरान उपमहानगरपालिका–१५ का १९ वर्षीय अजय तामाङ, २२ वर्षीय च्यामन राई र मोरङको लेटाङ नगरपालिका–७ का १८ वर्षीय रोहन राई पक्राउ परेका हुन् । पैदल हिँडिरहेका उनीहरुको साथबाट एक किलो गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

त्यस्तै इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले भारतीय नागरिक १८ वर्षीय दिपेश यादवलाई लागुऔषध डाइजेपाम ७५ एम्पुलसहित पक्राउ गरेको छ । भारत पिप्राहा विष्णुपुरका यादवलाई बीआर ३८ एच ६३५९ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

उनले मोटरसाइकलको सिटमुनी लुकाएर ल्याएको अवस्थामा लागुऔषध बरामद भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेका चारै जनाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।