Rumpum

Rumpum Advertisement

निर्वाचन आयोगमा पदाधिकारीका लागि आचारसंहिता

निर्वाचन आयोगमा पदाधिकारीका लागि आचारसंहिता

विराटनगर, २७ भदौ । निर्वाचन आयोगका पदाधिकारीले अब निर्वाचन व्यवस्थापन तथा सञ्चालनमा प्रभावकारिता अभिवृद्धि गराउन आफूलाई आदर्शका रूपमा प्रस्तुत गर्नुपर्ने भएको छ ।

पदाधिकारीले दल वा निर्वाचन विवादका पक्षहरू वा अन्य सरोकारवालासँग शालीन, सौम्य, नम्र र धैर्य भई व्यवहार गर्नु पर्नेछ । यस्तै आयोगका आफ्ना कर्मचारीबाट समेत निर्वाचन सरोकारवालासँग शालीन, सौम्य, नम्र व्यवहार गर्न लगाउनु पर्नेछ ।

आयोगका पदाधिकारीका लागि जारी आचारसंहिता, २०७७ मा निर्वाचनका क्रममा प्रत्यक्ष वा परोक्ष रूपमा आउने प्रभाव, दबाब, भनसुन, धम्की, आग्रह, पूर्वाग्रह आदिबाट प्रेरित नभई कार्य गर्नुपर्ने उल्लेख छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई अझ स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी, मितव्ययी तथा प्रभावकारी बनाउने उद्देश्यले पदाधिकारीका लागि यो आचारसंहिता बनाई लागू गरेको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ