वीरगन्ज बजार बल्ल खुल्यो

विराटनगर, २७ भदौ । डेढ महिनपछिवीरगन्जमा सबै प्रकारका पसल खुलेका छन् ।

शुक्रबारबाट एकैपटक सबै पसल खुलेका हुन् । गएको भदौ १९ यता एक साइडमा पालो गर्दै खुल्न थालेका बजार क्षेत्रका पसल एकैपटक भने साउन १० यता बल्ल खुले ।

कोरोना महामारीको उच्च जोखिम बढेसँगै सुरुमा वीरगन्ज क्षेत्र र पछि जिल्लाभरिमा नै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि आर्थिक नगरी वीरगन्जका पसल प्रायः सबै बन्द थिए । बजारका पसल सबै खुले पनि त्यसको सुरक्षा सतर्कता भने व्यापारी आफैले अपनाउनुपर्ने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

पसल खोल्ने सयय पनि बिहान ११ बजेबाट साँझ ४ बजेसम्मका लागि तय भएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधवलाल राजपालले जनजीविकाका लागि केही राहत भएको बताए । संक्रमणबाट जोगिन र जोगाउन भने सबैको सहकार्यबिना सम्भव नहुने व्यापारीको भनाइ छ । आजको राजधानी दैनिकमा समाचार छ

Loading...