विश्वमा एकै दिन तीन लाख बढीलाई संक्रमण

विराटनगर, २७ भदौ । विश्वमा पछिल्लो २४ घण्टामा तीन लाख ९७ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

केही दिनयता विश्वमा एकै दिन यतिधेरैमा संक्रमण पुष्टि भएको हो । विश्वमा हालसम्म दुई करोड ८६ लाख ३७ हजार तीन सय ९२ जनाको रिपोर्ट पोजेटिभ आइसकेको छ । कोरोना संक्रमितमध्ये नौ लाख १८ हजार आठ सय ९० जनाको मृत्यु भइसकेको छ । एकै दिन पाँच हजार छ सय जनाले ज्यान गुमाए ।

संक्रमितमध्ये दुई करोड पाँच लाख ६० हजार ७९ जना उपचारपछि घर फर्किएका छन् । ७१ लाख ५८ हजार चार सय २३ जना उपचाररत रहेकोमा ६१ हजार नौ जनाको अवस्था गम्भीर छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ४४ हजार पाँच सय ५४ जना नयाँ बिरामी थपिएसँगै संक्रमित संख्या ६६ लाख ३४ हजार दुई सय एक पुगेको छ । एक लाख ९७ हजार तीन सय ६१ जनाले ज्यान गुमाइसकेका छन् । एकै दिन एक हजार ३४ जनाको मृत्यु भयो ।

३९ लाख १३ हजार नौ सय ८० जना उपचारपछि घर फर्किएका छन् । २५ लाख २२ हजार आठ सय ६० जना उपचाररत रहेकोमा १४ हजार चार सय ६७ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो समय विश्वमै संक्रमण दर उच्च रहेको छिमेकी मुलुक भारतमा एकै दिन ९७ हजार छ सय ५४ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म भारतमा ४६ लाख ५७ हजार तीन सय ७९ जना संक्रमित भइसकेका छन् । ७७ हजार पाँच सय छ जना संक्रमितको मृत्यु भइसक्यो । पछिल्लो २४ घण्टामा एक हजार दुई सय दुई जनाको मृत्यु भयो ।

३६ लाख २१ हजार चार सय ३८ जना उपचारपछि घर फर्किएका छन् । नौ लाख ५८ हजार चार सय ३५ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ४४ हजार दुई सय १५ जना नयाँ बिरामी थपिएपछि संक्रमितको संख्या ४२ लाख ८३ हजार नौ सय ७८ पुगेको छ । एक लाख ३० हजार चार सय ७४ जनाको ज्यान गइसकेको छ । एकै दिन आठ सय ९९ जनाको मृत्यु भयो ।

३५ लाख ३० हजार छ सय ५५ जना उपचारपछि घर फर्किएका छन् । छ लाख २२ हजार आठ सय ४९ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

Loading...