स्थायी समिति बैठकमा नेपालले भने ‘एक व्यक्ती एक जिम्मेवारी’

विराटनगर, २६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’मा रहनुपर्ने बताएका छन् ।

शुक्रबार बालुवाटारमा सम्पन्न नेकपा स्थायी कमिटीको बैठकमा नेता नेपालले एक व्यक्ती एक जिम्मेवारीको पुरानै अडान दोहो¥याएका हुन ।

ठूला कुराहरु तर काम नगर्ने प्रवृति मौलाएको बताउँदै उनले धेरै प्रतिवद्धता घोषणा गर्नेबाट जोगिनुपर्ने बताए ।

अध्यक्षद्वयको प्रस्तावमा लिखित असहमति राखेका नेता नेपालले ‘पार्टी विधानको धारा ४६ ‘क’ अनुसार सबै तहमा र सबै व्यक्तिको हकमा ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’को कार्यान्वयन गर्नु पर्ने बताए ।

Loading...