एकै परिवारका तीनजनाकाे शव भेटियाे

काठमाडौं, २६ भदौ । शुक्रबार भक्तपुरमा एकै परिवारका तीनजनाको शव फेला परेको छ ।

प्रहरीका अनुसार घर भित्र सड्न थालेको अवस्थामा श्रीमान, श्रीमती र छोराको शव भेटिएको हो ।

शुक्रबार साँझ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ निकोसेराका सुदीप अधिकारी उनकी श्रीमती सुशीला अधिकारी र छोरा सुशान्तको शव भेटिएको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार सो घरमा कुकुर पनि मरेको अवस्थामा भेटिएको छ ।

शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

Loading...