बेलबारीमा न्याय सम्पादनकाे काम निरन्तर

बेलबारी, २६ भदौ । कोरोना महामारीको अवस्थामा पनि बेलबारी नगरपालिकाले न्याय सम्पादनको कार्यलाई निरन्तरता दिएको छ ।

शुक्रबार विवाद समाधान अर्थात मेलमिलापका क्रममा न्यायिक समिति संयोजक समेत रहेकी उपमेयर ढाकाकुमारी पराजुलीले लकडाउनका समयमा पनि न्याय सम्पादन प्रक्रियालाई निरन्तरता दिइरहेको बताइन ।

‘ हिंसा र विवाद अन्य समयमा भन्दा लकडाउनको समयमा दोब्बर बढेको छ।’ उनले भनिन् ‘ पीडितहरु कतै श्रीमानले कुटेर घर बस्न पाइनं भनेर रुँदै आउँनुहुन्छ,कोही ज्येष्ठ नागरिक सन्तानले हेरेनन् न्याय दिनुहोस् भन्दै आउनुहुन्छ ।’

संक्रमणको जोखिम मोलेर न्याय सम्पादनको कामलाई निरन्तरता दिएको उनले बताइन् ।

समितिकी उजुरी प्रशासक तारा भट्टराईका अनुसार मुद्दा धेरै आए पनि न्यायिक समितिले छिटो छरितो न्याय सम्पादन गरेका कारण अधिकांश विवादहरु किनारा लागिसकेका छन् ।

Loading...