काेराेना संक्रमणका कारण झुम्का कारागारमा रहेका एक कैदीकाे मृत्यु

विराटनगर, २६ भदौ । सुनसरीको झुम्का कारागारमा रहेका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जवरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिररहेका ४३ वर्षीय पुरुषकाे शुक्रबार मृत्यु भएकाे हाे ।

सुनसरी रामधुनी नगरपालिका– ५ झुम्का ठेगाना भएका ४४ वर्षीय पुरुष एक वर्षयता झुम्का कारागारमा थिए ।

शुक्रबार बेलका साढे ४ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएकाे हाे ।

दश दिनयता ज्वरो आएका उनलाई दुई दिनयता श्वासप्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल इनरूवा लगिएको थियो । अस्पतालले रेफर गरेपछि शुक्रबार करिब १२ बजे प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा शुक्रबार बेलुका साढे ४ बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।‘मृतकमा अरु रोग नरहेको बुझियो ।’ उनले भने ‘ अस्पताल आउदा अवस्था गम्भिर थियो ।’

याे सँगै काेराेना संक्रमणका कारण सुनसरीमा ज्यान गुमाउनकाे संख्या ६ पुगेकाे छ ।

Loading...