नेपाल ओलम्पिक कमिटीद्वारा ८९ जनाको कोरोना बीमा

विराटनगर, २६ भदाै । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बीमा गरेको छ ।

शुक्रबार नेपालमा भएका ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बीमा गरिएको एनओसीका उपाध्यक्ष चतुरानन्द राज बैद्यले जानकारी दिए ।

उनका अनुसार ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, ओलम्पिक कमिटिकी पदाधिकारी, साधारण सभा सदस्य, एनओसी कमिसनका सदस्य र सबै कर्मचारीको बीमा गरिएको हाे ।

एनओसीले सबैको १ लाख बराबरको कोरोना बीमा गरेको जनाएकाे छ । कोरोनाबाट गत महिना एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठसहित अन्य ४ कर्मचारी संक्रमित भएका थिए ।

महासचिवसहित सबै कर्मचारी कोरोनामुक्त भइसकेका छन् ।

Loading...