गहुँत पिउनुका फाइदा यस्ता छन्

विराटनगर, २६ भदौ । आयुर्वेदमा गोमूत्र वा गहुँत अत्यन्त लाभकारी मानिन्छ । यो स्वास्थ्य अवस्थाको विभिन्न समस्याबाट पीडित मानिसहरूलाई पिउन सिफारिस गरिन्छ ।

हजार वर्ष पुरानो वैकल्पिक औषधि प्रणालीका अनुसार, गहुँत धेरै खनिजहरूको प्राकृतिक स्रोत हो र यसको दैनिक उपभोगले शरीरमा हुने विभिन्न पोषक तत्वहरूको कमीलाई पूर्ति गर्न मद्दत गर्छ ।

गाई खेतमा चर्न जादाँ धेरै औषधीय पातहरू खान्छन्, जसको केही भाग उनीहरूको पिसाबमा फेला पर्छ । गहुँत धेरै समयदेखि नै औषधीय रूपमा प्रयोग भइरहेको छ ।

विशेष हार्मोन र खनिज धेरै पाइने हुँदा गर्भवती गाईको मूत्रलाई अति स्वस्थ मानिन्छ । गहुँत रोगीहरूका लागि मात्र नभएर सबैको लागि लाभदायक हुन्छ ।

यसले रोगका लक्षणहरूलाई मात्र निको पार्दैन, यसको दैनिक सेवनले दीर्घकालीन रोग लाग्नबाट पनि बचाउने गर्छ । आयुर्वेदले डायबिटीज, कुष्ठ रोग, ट्यूमर, क्षयरोग, पेटको समस्या, र क्यान्सरसहित विभिन्न प्रकारका स्वास्थ्य समस्याहरूको उपचारमा सहयोगी भएको दाबी गरिएको छ ।

खाली पेटमा हरेक बिहान गहुँत पिउन सल्लाह दिइन्छ । गहुँतमा मरिच, दही र घीउ राखी सेवन गर्दा ज्वरो कम हुन्छ ।

त्रिफला, गहुँत र गाईको दूधको मिश्रणले रक्ताल्पता हटाउन सहयोग पुर्‍याउने विश्वास गरिन्छ । गहुँतलाई उत्कृष्ट डिट्क्स पेय मानिन्छ ।

आयुर्वेदको अनुसार गहुँतको सेवनले सबै विषाक्त पदार्थहरूलाई बाहिर निकालेर मानव शरीरलाई भित्रबाट सफा गर्न सक्छ, जसकारण पुरानो रोगको जोखिम कम हुन्छ । यसको साथै, गहुँतलाई साबुन र श्याम्पूहरू जस्तै कास्मेटिक उत्पादनहरू तयार गर्न प्रयोग गरिन्छ ।

गहुँत पिउदाका धेरै फाइदाहरू हुने आयुर्वेद दाबीको कुनै वैज्ञानिक प्रमाण छैन । गहुँत सोडियम, पोटेशियम, क्रिएटेनिन, फास्फोरसलगायत खनिजहरू हुने भएपनि विज्ञानले गहुँत पिउँदा स्वास्थ्यको लागि कुनै पनि तरिकाले लाभदायक हुन सक्ने कुराको समर्थन गर्दैन ।

गहुँत स्वास्थ्य समस्याहरूको उपचारको लागि नभएर माटोलाई सम्पन्न बनाउनका लागि प्रयोग गर्न सकिने बताइएको छ ।

Loading...