Rumpum

Rumpum Advertisement

बाढी पीडितलाई पल र दुर्गेशको सहयोग

बाढी पीडितलाई पल र दुर्गेशको सहयोग

विराटनगर, २६ भदौ । अभिनेता पल शाह बाग्लुङ पुगेर बाढी पहिरो प्रभावितलाई सहयोग गरेका छन् ।

गायक दुर्गेश थापासँग बाग्लुङ पुगेका पलले बिहीबार बाढीबाट प्रभावित घरपरिवारलाई खाद्यन्न तथा आर्थिक सहयोग गरेका हुन् । सडक मार्गबाट बाढी प्रभावित ठाउँमा जान सम्भव नभएपछि ढोरपाटन नगरपालिकाका मेयर र वडाध्यक्षलाई पलले खाद्यान्न, सिरक–डसना र नगद ५० हजार हस्तान्तरण गरेका हुन् ।

पलले दुर्गेशको आवाजमा रहेको ‘आलु जस्तो गायक’ बोलको गीतको भिडियोमा अभिनय गरेका थिए । कोरोना संक्रमणका कारण भएको लकडाउनमा विपन्न तथा आर्थिक स्थिति कमजोर रहेका चलचित्र प्राविधिकहरूलाई पलले पाँच लाख बराबरको राहत सामाग्री हस्तान्तरण गरेका थिए ।

यसअघि मात्र पलले कालिकोटका बाढी-पहिरो पीडितलाई पनि राहत वितरण गरेका थिए । सामाजिक काममा व्यस्त रहेका पलले लकडाउन खुलेपछि थुप्रै म्यूजिक भिडियो गरिसकेका छन् । छायांकनको लागि अनुमति पाइनासाथ पल निर्माता तथा निर्देशक सन्तोष सेनको मल्टिस्टारर कमेडी फिल्म ‘हुतुतु’ मा काम गर्दैछन् ।