रियाले अब २२ सेप्टेम्बरसम्म जेलमा बस्नुपर्ने

विराटनगर, २६ भदौ । बलिउड अभिनेता सुशान्त सिंह राजपूत की पूर्वप्रेमिका रिया चक्रवर्तीलाई जमानतमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ ।

सुशान्तको मृत्यु प्रकरणमा लागूऔषधको मुद्दामा पक्राउ परेपछि जमानतका लागि गरेको आग्रहलाई मुम्बइको अदालतले खारेज गरिदिएको हो ।

अदालतले जमानतमा छोड्न अस्वीकार गरेसँगै रिया अब २२ सेप्टेम्बरसम्म जेलमै बस्नुपर्ने भएको छ । रियाका साथै उनका भाइ शोविक चक्रवर्ती, अब्दुल बासित, जैद विलात्रा, दिपेश सावन्त र स्यामुअल मिरान्डाको आग्रहलाई पनि अदालतले अस्वीकार गरेको हो ।

फैसला सुनाउने क्रममा न्यायधिश जेवी गुरवले यो गम्भीर अपराध भएको हुनाले जाँच आवश्यक भएको जनाएका छन् ।

मुम्बई अदालतको आदेशपछि रियाका वकिल सतीश मानशिन्देले अदालतको फैसला हात परेपछि आगामी कदमका बारेमा निर्णय लिइने बताएका छन् । अर्को हप्ता रियाले हाइकोर्टमा अपील गर्न सक्ने उनको भनाइ छ ।

८ सेप्टेम्बरमा रियालाई ड्रग्स सेवन गर्ने तथा खरिद गरेर सुशान्तलाई दिने गरेको आरोपमा पक्राउ गरिएको थियो ।

Loading...