स्वस्थ रहन दैनिक गहुँत पिउँछन् अक्षय कुमार

विराटनगर, २६ भदौ । बलिउड अभिनेता अक्षय कुमारले आफू दैनिक रूपमा गहुँत पिउने गरेको खुलासा गरेका छन् ।

‘इन टु द वाइल्ड’ कार्यक्रमका प्रस्तोता बेयर ग्रिल्ससँगको एक इन्स्टाग्राम लाइभ सेसनमा अक्षयले आफूले दैनिक रूपमा गहुँत पिउने गरेको बताएका हुन् ।

ग्रिल्स, अक्षय कुमार र उनको बेलबटमका को-स्टार हुमा कुरैशीसँग एक इन्स्टाग्राम लाइभ सेसनमा सहभागी भएका थिए ।

बन्दीपुर राष्ट्रिय निकुञ्ज र टाइगर रिजर्भको इन्टर द वाइल्ड स्पेशल एपिसोडको शूटिंगको बारेमा कुरा गर्दै जाँदा हुमाले हात्तीको गोबरबाट बनेको पेय पदार्थ पिउँदाको चुनौतीको बारेमा प्रश्न सोधिन् जुन उनीहरू शोको प्रोमोमा पिइरहेका थिए ।

आयुर्वेदिक कारणले आफू दैनिक गहुँत पिउँने गरेको हुँदा आफ्नो लागि यो सामान्य नै रहेको अक्षयले बताएका हुन् ।

बेयरले अक्षयको तारिफ गर्दै फेरि सँगै काम गर्न चाहेको बताएका छन् । अक्षय सहभागी भएको ‘इन टु द वाइल्ड’ को यस एपिसोड ११ सेप्टेम्बर ८ बजे डिस्कभरि प्लसबाट स्ट्रिम गरिने छ भने १४ सेप्टेम्बरमा डिस्कभरि च्यानलमा प्रसारित हुनेछ ।

Loading...