काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोना पुष्टि

काठमाडौं, २६ भदाै । काठमाडाैं उपत्यकामा शुक्रबार थप ६९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकामा थप ६९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

सङ्क्रमित हुनेहरूमा काठमाडौँमा ६२० जना, ललितपुरमा ३८ जना र भक्तपुरमा ३८ जना गरी रहेका छन् ।

Loading...