विराटनगर, २६ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा थप पाँच जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप पाँच जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएको छ ।
यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ ।
शुक्रबार थप १४ सय ५४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९७२ जना कोरोनालाई जितेर घर फर्किएका छन् । कुल संक्रमितमध्ये ७१ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।