शुक्रबार थप १४ सय ५४ जनामा कोरोना पुष्टि

विराटनगर, २६ भदौ । नेपालमा शुक्रबार थप १४ सय ५४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न ३९ प्रयोगशालामा गरिएको १० हजार ७०१ जनाको परीक्षणमा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

यससँगै संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९७२ जना कोरोनालाई जितेर घर फर्किएका छन् । कुल संक्रमितमध्ये ७१ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।

कोरोनाबाट पछिल्लो २४ घण्टामा थप पाँच जनाकाे मृत्यु भएकाे छ । यससँगै संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या ३२२ पुगेकाे छ ।

Loading...